शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुईसय पचासी जनालाई न्यानो कपडा वितरण

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३



  • इनरुवा । एक मुस्लिम गैरसरकारी संस्थाले सुनसरीका तीन गाविसका २८५ जनालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा मङ्गलवार वितरण गरेको छ ।

    सुनसरी सदरमुकाम इनरुवा–७ मा रहेको हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट नेपालले जिल्लाका तीन गाविसका २८५ जना गरिब विपन्न, असहाय, अपाङ्ग, असक्त वृद्धवृद्धालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरेको संस्थाका कार्यालय सचिव हजरत हुसेनले जानकारी दिए ।

    सुनसरीको बबिया गाविसमा एक कार्यक्रमको आयोजना गरेर ट्रस्टको आयोजना र उम्मा वेलफेयर ट्रस्टको सहयोगमा बबिया, नरसिंह र सत्तैरझोरा गाविसका २८५ जनालाई कम्बल, सुइटर, च्यादरलगायतका कपडा वितरण गरेको हो ।

    उक्त संस्थाले अरू ९ गाविसका एक हजार २५ घर परिवारलाई लुगा वितरण गर्ने लक्ष्य राखेको आयोजक संस्थाका कोषाध्यक्ष मौलाना अयुव खान नदवीले जानकारी दिए ।

    यस संस्थाले नेपालमा गएको महाभुकम्पका बेलासमेत गोरखा लगायतका अन्य ठाउँका भुकम्प पीडितलाई लुगा तथा खाद्यान्न सामग्री वितरण गर्नुका साथै विभिन्न किसिमको सामाजिक कार्य गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij