प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सुर्खेेत जिल्लाको बिरेन्द्रनगरमा मंगलबार आफ्नो ३७ औं शाखा र ३० औं ए.टि.एम.सञ्चालनमा ल्याएको छ ।
उद्घाटनको समारोहमा बैंकका ब्रान्ड एम्बेसेडर रहेका किरण के. सी. ले भव्य प्रस्तुतीका साथ बैंकको नयाँ शाखालाई शुभकामना दिँदै सफलताको कामना गरे ।
गत आर्थिक बर्ष बैकले रु. ३२.५३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममामहाकालीको दार्चुलासम्म गरी ३७ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोबाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij