प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३
प्यूठान । फोप्ली गाविसमा लु १ च ७२४९ नम्बरको माल बाहक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् ।
बिहिवार करिव साढे आठ बजे प्यूठान फोप्ली बाट बाग्दुला आउने क्रममा लुप्लुुङ्गमा दुर्घटना हुँदा गाडी धनी २९ बर्षिय फोप्ली २ लुप्लुुङ्गका प्रमोद सुनारको जिल्ला अस्पताल प्यूठान ल्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक रञ्जीत सिंह राठोरले जानकारी दिए ।
गमिभर घाइते भएका प्यूठान नगरपालिका १४ का चालक केशव कुमालको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेकाले घटनाकारण नखुलेको राठोरले बताए ।
बुधवार बन्दका कारण गाडी घरमा मालबाहक जीप बाग्दुला ल्याउने क्रममा जीप करिव ३०–४० मिटर तल खसेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij