शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पत्रकार बोहरा पत्नी ममताको उपचार्थ सहयोग गर्न पत्रकार महासंघको आग्रह

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • डोटी । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहराको अप्रत्याशित निधनपछि दुवै मृगौला काम नलाग्ने भइ प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी बोहराकी धर्मपत्नी ममता बोहराको उपर्चाथ सहगोग गर्न पत्रकार महासंघ सुदूरपश्चिम समन्वय समितिले सबैसंग आग्रह गरेको छ ।
    जारी अपिलमा लेखिएको छ ‘ यस दुखद तथा चुनौतिपूर्ण घडीमा उहांहरुलाई आर्थिक सहयोगको अत्यन्तै खाँचो छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, विदेश तथा जिल्ला शाखाहरुबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछु । यत्तिले मात्रै ममता वोहराको उपचार खर्चको आवश्यकता पूरा हुने अवस्था छैन । यसर्थ उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोगको याचनासहित सहयोग गर्न चाहाने मिडिया संस्था, पत्रकार, उद्योगी, व्यवसायी र आम सर्वसाधारणहरुलाई नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका जिल्ला शाखाहरु मार्फत उपलब्ध गराइ दिन हुन अनुरोध छ ।’
    काठमाण्डौंको भेनिस अस्पतालमा श्रीमतीको उपचार गराई रहेका बोहरा कुरुवा बसेको अबस्थामा अस्पतालको बेडमा सुतेको अबस्थामा मृत भेटिएका थिए । उहाँकी धर्मपत्नी ममताको दुबै मृगौला फेल भएका छन । मृगौला प्रत्यारोपण गर्नका लागी सहयोग जुटाउनका लागी आग्रह गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij