आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरीमा ट्रयाक्टर पल्टिँदा चालक र सहचालकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • लहान । सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ ।

    बालुवा पु¥याएर फर्किने क्रममा स १ त १३७२ नंको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्टिँदा चेपिएर ट्रयाक्टर चालक लहान नगरपालिका–२२ निवासी अन्दाजी ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

    ट्रयाक्टरले किचेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको र मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij