आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ढुक्क हुनुस् संविधान संशोधन प्रस्ताव पारित हुन्छ :बस्नेत

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • काठमाडौं  । पुर्वगृहमन्त्री एवं नेकपा(माअाेवादी केन्द्र) का नेता शक्तिबहादुर वस्नेतले संसदमा दर्ता गरिएको संविधान संशाेधन प्रस्ताव जुनसुकै हालतमा पारित हुने दावी गरेका छन्। बस्नेतले राष्ट्रिय एकता वलिय‍ो वनाउन र संविधान कार्यान्वयन गर्न उक्त प्रस्ताव ल्याइएको वताएका छन् ।basnet

    आज राजधानीमा अखिल(क्रान्तिकारी)को काठमाडौं जिल्लाको जागरण अभियान उद्घाटन गर्दै बस्नेतले भने-‘एमालेले ध्वंशात्मक प्रतिपक्षकाे होइन, रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्यो।’ उही प्रस्ताव एमालेले ल्याउंदा राष्ट्रवादी हुने र माओवादीले ल्याउंदा कसरी राष्ट्रघाती हुन्छ ? बस्नेतले प्रश्न गरे।

    आन्तरिक राष्ट्रयता बलियो नभई मुलुक कहिल्यै एकढिक्का नहुने बस्नेतले जिकिर गरे।

    कार्यक्रमा अखिल(क्रान्तिकारी )का अध्यक्ष नरेन्द्र न्याैपानेले प्रचण्ड सरकारले गरेका राष्ट्रिय एकता र जनपक्षीय कार्यक्रमबाट अात्तिएर एमाले लगायतका पार्टीहरूले सडकमा रमिता देखाएको दावी गरे।

    फरक प्रसङ्गमा अध्यक्ष न्यौपानेले निशर्त स्ववियू निर्वाचनमा सहभागी हुन सवै विद्यार्थी संगठनहरूलाइ अपिल गर्दैआफ्नो संगठनलाई एक नम्वरकाे संगठन बनाउने उद्घोष गरे।

    क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले प्रतिगमन फर्काउन र स्ववियू निर्वाचनबाट भाग्ने नियतले एमालेे अखिलले सडकमा टायर बालिरहेकाे ठाेकुवा गरे।

    सोही कार्यक्रमवाट कृष्ण थापाकाे संयाेजकत्वमा १५१ सदस्यीय जिल्ला सम्मेलन अायाेजक समिति चयन गरिएकाे काठमाडौं जिल्ला अभियान प्रमुख तथा अखिल(क्रान्तिकारी)का सचिव इन्द्र भुषालले वताए।

    कार्यक्रममा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य टेकराज जोशी अखिल(क्रान्तिकारी)मा प्रवेश गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij