प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३
जनकपुर । धनुषाको बरमझिया वडा नं. २ हाल गणेशमान चारनाथ नगरपालिका वडा नं. १० मा विद्यालय बाहिर रहेको दलित बालबालिकाहरुका लागि संचालित अतिरिक्त कक्षामा पत्रकार गोबिन्द ठाकुरले शैक्षिक सामग्री वितरण गरेका छन् ।
मानवअधिकारकर्मी बिनोद महरा, पत्रकार राम एकवाल महराको विशेष पहलमा कार्तिक १७ देखि शुरु गरिएको अतिरिक्त कक्षा (ट्यूसन) मा ८० भन्दा बढी दलित बालबालिकाहरु अध्ययन गरिरहेका छन् ।
तीन वटा शिक्षक राखी तत्काल सुरु गरिएको सो अतिरिक्त कक्षा बिहान बेलुका २÷२ घण्टा चलिरहेको छ ।
बरमझियामा रहेको ४५ घरपरिवार रहेको दलित समुदायका ८० भन्दा बढी बालबालिकाहरुले पढ्न पाएका थिएनन् । उनीहरु खेतमा काम गर्ने, गाईबाख्रा चराउने लगायतका काम मात्र गरिरहेका थिए । अहिले घरमै अध्ययन गर्न पाएपछि अभिभावक र विद्यार्थी दुबै खुशी छन् ।
ती बालबालिकाहरुलाई विद्यालय नियमित जानको लागि वातावरण सिर्जना गर्ने र बिहान बेलुका संयुक्त रुपमा अध्यन अध्यापनको वातावरण सिर्जना गर्ने उद्देशयले अतिरिक्त कक्षाको सुरुवात गरिएको मानवअधिकारकर्मी बिनोद महराले बताए ।
दलित महरा समुदायलाई परिवर्तनको पाटोतिर लग्न अतिरिक्त कक्षाको सञ्चालन गरिएको पत्रकार रामएकवाल महरा बताउँछन् ।
यस समुदायमा जातको नामले रहेको मुसहर टोल, चमार टोल, डोम टोल जस्ता सम्बोधन गरी होच्याउने प्रवृति रहेकोले यस समुदायलाई परिवर्तनको निम्ती चलाईरहेका अतिरिक्त कक्षामा पत्रकार ठाकुरले शैक्षिक सामग्री बाँडेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij