शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ढिलो नगरौँ द्रूत मार्ग बनाउन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • काठमाडौँ  । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको काठमाडौँदेखि तराईसँग जोड्ने फास्टट्र्याक (द्रूत मार्ग) निर्माण नेपालले आफैँ गर्ने सरकारले निर्णय गरेपछि विज्ञहरूले यसमा अब ढिलाइ गर्न नहुने धारणा राखेका छन् ।

    निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र तराईको विकासका लागि महत्वपूर्ण योजनाका रूपमा मानिएको यो आयोजना निर्माणमा जति ढिलाइ भयो त्यति नै नेपालको विकासमा धक्का लाग्ने विचार विज्ञहरूको छ ।

    भौतिक पूर्वाधार निर्माण मन्त्रालयका पूर्वसचिव एवम् वरिष्ठ इन्जिनियर तुलसीप्रसाद सिटौलाका भनाइमा नेपालको पूर्वाधार विकासमा नयाँ प्रविधिको प्रयोग गरिने यो आयोजना मेलम्ची खानेपानीजस्तै कुरा बढी तर काम थोरै भएकाले यसले नेपालको समग्र विकासलाई नै प्रभाव पारिरहेको छ । उनले भने, नेपाल आफैँले बनाउने भन्ने निर्णय भएपछि कुन मोडलमा निर्माण गर्ने हो, त्यसको पनि निर्णयमा ढिलाइ गर्नुहुन्न ।

    अर्का पूर्वाधार विज्ञ एवम् वरिष्ठ इन्जिनियर डा. सूर्य आचार्य पनि यस आयोजनामा हुने ढिलाइले नेपालको भौतिक पूर्वाधार निर्माणको अभियानमा ठूलो प्रभाव पार्ने भएकाले यसलाई तत्काल अगाडि बढाउनुपर्ने धारणा राख्छन् । चालु आर्थिक वर्षको विनियोजित बजेटमा १० अर्ब रुपियाँ मात्र छुट्याइएको छ । स्वतन्त्र विज्ञहरूले गरेको केही अध्ययनले फास्ट ट्र्याकलाई चार लेनमा निर्माण गरी आधुनिक सुविधासम्पन्न प्रविधियुक्त र एसियाकै नमुना राजमार्गका रूपमा बनाउने हो भने कम्तीमा ८० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

    उता भारतीय निजी क्षेत्रको कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सिङ सर्भिसेजले हालै निर्माण गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा एक खर्ब १२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । नेपाली विज्ञहरूले सो कम्पनीको लागतलाई विश्वसनीय नभएको टिप्पणी गर्दै आएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij