प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३
बिनिता शर्मा , दाङ । दाङको घोराही ९ मा बिगत दुई बर्ष देखि बसोबास गर्दै आएका प्युठान जिल्ला रजवारा ६ का मनिराज पुनले जीवनमा विभिन्न सीपहरुको तालीम लिएको बताउछन ।

पुन नेकपा एमाले दाङको जिल्ला सदस्य , नेपाल लोकतान्त्रिक जनजाति महासंघ दाङको जिल्ला उपाध्यक्ष र नमछु बौद्ध गुम्बा समिति घोराही दाङको सदस्य रहेका छन । हाल उनी च्याउ तरकारी खेतीमा आबद्ध छन ।
अहिले दुई बर्ष देखि गौमुखी च्याउ फम कानुनी प्रक्रियामा दर्ता गराएको उनले बताउछन । नेपाल सरकारले बजारमा फिक्स मुल्य निधारित नगरेको हुनाले धेरै दुख र आम्दानी गर्न गार्हो भएको पुनको गुनासो छ ।
अहिले परालको निकै अभाव भएको उनी बताउछन । उनी भन्छन “अहिले नेपालमा प्राय किसानहरुले मेसिनबाट धान दाउछन , मेसिनले पराललाई धुलो बनाउछ, धुलो परालमा च्याउ खेती राम्रो हुँदैन ।” पुनका अनुसार गौमुखी च्याउ फममा दुई जना कर्मचारी र अस्थाई रुपमा १० जनालाई रोजगार दिएका छन । 
उनी भन्छन “दुई जना कर्मचारीलाई ३५% कमिसन दिएको छु, अन्यलाई दिन गन्तीको हिसाबले तलब दिन्छु । म माओवादी प्युठानबाट अति पीडित भएर कतार भौतारिएको युवा हुँ । कतारको लामो बसाइँ संगै विभिन्न ८ मुलुकहरुको भ्रमण गरेको छु ।” 
प्रवासमा बस्दा त्यहा भएका विभिन्न सामाजिक संघ सस्थामा आबद्ध भएको उनी बताउछन । आफ्नो मुलुकमा च्याउ ब्याबसाय गरेर बस्ने इच्छा भएको तर च्याउ उत्पादन गर्नका लागि आवश्यक सामाग्री दाङमा नपाएको दुखेसो उनी पोख्छन ।
हाल २ कठ्ठा जग्गामा च्याउ खेती गरेका पुनले अब ५ कठ्ठा जग्गामा गर्ने लक्ष्य रहेको बताउछन ।
आवश्यक सामाग्री नपाउदा पनि उनले दैनिक ५०००
देखी २०००० सम्मको च्याउ बेच्ने गरको उनी बताउछन । घर खर्च र ४ जनाको परिवार च्याउ खेतीबाटै चल्ने गरेको पुनले बातए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij