प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३
काठमाडौं । एसियाली विकास बैंकले नेपालको विद्यालय शिक्षा सुधारका लागि १३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार अर्थ सचिव शान्तराज सुवेदी र एशियाली विकास बैंक (एडिबी) का नेपाल प्रमुख केनिची योकोमानबीच ऋण संझौतामा हस्ताक्षर भएको हो ।
विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) अन्र्तगत परिचालन हुने रकम माध्यमिक तहको शिक्षा सुधार र गुणस्तरिय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च हुने बताइएको छ । यसैगरी विभिन्न जिल्लामा भूकम्प लगायत प्रकोप प्रतिरोधी पूर्वाधार निर्माणमा पनि एसएसडिपीले रकम खर्च गर्ने भएको छ ।
ऋण संझौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एडिबीका नेपाल प्रमुख योकोमानले नेपालको विकास निर्माण, पूर्वाधार र शिक्षा क्षेत्रमाथिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij