प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३
कलैयास्थित दुर्गा उमाविमा निर्माण गरिएको थप कोठा भवनको आज उद्घाटन गर्दै उनले भने — शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी छ । मन्त्री पौडेलले यो विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन यसको भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिइनेछ भने ।
विद्यालयमा थप चारकोठे पक्की भवन निर्माण गरिएको छ । कुल रु २९ लाखमा निर्माण सम्पन्न भएको उक्त चार कोठे भवनका लागि सरकारबाट रु. २४ लाख अनुदान सहयोग प्राप्त भएको सो विद्यालयका प्राचार्य मनोज यादवले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराए ।
यसैगरी मन्त्री पौडेल आजै कलैयास्थित जनता माविको पनि स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij