आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइओएमको नयाँ डीनमा डा जगदीश अग्रवाल नियुक्त

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३



  • काठमाडौं । डा. गोविन्द केसी अनसन बसेको २० औं दिन शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनासँगै नयाँ डिनमा जगदीश प्रसाद अग्रवाल नियुक्त भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा डा जगदीश अग्रवाललाई नियुक्त गरेको हो।

    डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ। डा केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए।

    यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले डा केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएको थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए |

    मन्त्री थापाले सो क्रममा उनले अन्सन तोड्न आग्रह गरेका थिए। मन्त्री थापासँग डा. केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गरेका थिए। त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij