प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३
भोजपुर । भोजपुरको टक्सार–९ स्थित दारेगौडामा स्काभेटरले फालेको माटोको डल्लोले किचेर एक बालक घाइते भएका छन् । उन्नती नेपाल संस्थाद्धारा सञ्चालित सडक मर्मतको क्रममा स्थानिय तिलक बहादुर विष्टका ९ वर्षिय छोरा विक्रम विष्ट सक्त घाइते भएका हुन् ।
विष्टको दाहिने खुट्टा तीन ठाउँमा भाँचिएको र निधारमा गम्भिर चोट लागेको पारीवारीक स्रोतले जनाएको छ । सडक मर्मतको ठेक्का लिएको के.वाई.पी कम्पनी भने मौन रहेको उनीहरुको आरोप छ ।
घाइते विष्टको सिद्धकाली हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी अन्यत्र लाने तयारी गरिएको आमा विन्दा विष्टले बताइन् । पीडित पक्षले उपचारको लागी सहयोग गर्न सम्बन्धीत पक्षसँग माग गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij