शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यातायात सेवाका जिप तोडफोड

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३



  • म्याग्दी । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ ।

    दरबाङमा भोलि उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ ।

    म्याग्दी आउने क्रममा गएराति करिब १० बजे ८÷९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

    उहाँले म्याग्दी जिप तथा बस सञ्चालक समिति अन्तर्गतको काउन्टरका कर्मचारीले आफ्नो प्रालिको सेवा सुचारु हुन नदिने नियतले उक्त तोडफोड गरेको दाबी गर्नुभयो ।
    उक्त समूहले जिप चालकलाई पनि हातपातको प्रयास गरेको बताइएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले घटनालगत्तै तोडफोड भएका जिपलाई प्रहरी कार्यालयमा ल्याइएको र दोषीलाई पर्वत प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको बताउनुभयो ।

    यसैबीच, उक्त तोडफोडमा आफ्नो समितिको कुनै संलग्नता नभएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ । उहाँले उक्त प्रालिसँग सेवामा प्रतिस्पर्धा गर्न समिति तयार रहेको कारण समितिले कुनैपनि अनैतिक प्रतिस्पर्धा नगर्ने समेत बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij