शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अस्पतालको एम्बुलेन्स थन्कियो, बिरामीलाई सास्ती

  • प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३



  • खोटाङ  । भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ ।

    वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो ।

    तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ ।

    एम्बुलेन्स नचलेपछि आफ्नो बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनुपरेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेको भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनु पर्दा समय पुग्न नसकिने र एम्बुलेन्सकोे भाडाभन्दा खर्च बढी हुने गरेको बिरामीका आफन्तले बताएका छन् ।

    जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । थन्किएर रहेको एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रामबहादुर केसीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij