शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ हुने

  • प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३



  • धनगढी । कैलालीको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा आगामी मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ आयोजना गर्ने तयारी गरिएको छ ।

    धाम क्षेत्रमा शनिबार बसेको सर्वपक्षीय बैठकले माघ १ देखि १२ गतेसम्म बाह्रराशि दर्शन मकर मेला आयोजना गर्न आवश्यक तयारी गर्ने निर्णय गरिएको साहित्यकार एवम् समाजसेवी पदमराज जोशीले बताए ।

    गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ ।

    प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएकाले प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गर्ने गरी तयारी गर्न लागिएको जोशीले बताए ।

    यसका लागि गोदावरी धाममा बाह्रराशिको स्थापना गर्ने, प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवम् पूजाको व्यवस्था मिलाउने, त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवम् पूजाको व्यवस्था गर्ने तयारी गरिएको छ ।

    बाह्रराशि दर्शन मकर मेलाको आयोजनाबाट गोदावरी धाममा प्रत्येक राशिका मानिसले आ–आफ्नो राशिअनुसार पूजा गर्न पाउने भएका छन् । यसका साथै लक्ष्यह्वन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिनेछ । यस्तै बैठकले गोदावरी धामको बृहत् विकासका लागि गोदावरी धाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

    यो क्षेत्रमा गत वर्ष कुम्भ दर्शन मेला गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij