प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३
काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण संसदको बैठक चौथो दिन पनि अवरुद्ध भएको छ । आइतबार पनि प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको हो ।
–बैठकको शुरुमै समय लिएर नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले नेपाली जनताको चाहना भन्दा पनि विदेशीको दवावमा संविधान संसोधन प्रस्ताव ल्याएको आरोप लगाइन् ।
उनले सरकारले हिमाल, पहाड तराईमा मिलेर बसेका जनतालाई बिथोल्न संसोधन प्रस्ताव ल्याएको टिप्पणी गरिन् ।
–सांसद थापाले नेपालका लागि भारतीय राजदुतले सार्वजनिक कार्यक्रममै नेपालको संविधान समावेसी नभएकाले संसाधेन आवश्यक रहेको भन्ने अभिव्यक्ति दिँदा पनि सरकार मौन रहेको आरोप लगाइन् ।
–उनले भारतीय जासुर संस्था रअ का पूर्व प्रमुख नेपालमा आएर एक सातादेखि विभिन्न गतिविधि गरेर संविधान संसोधनका लागि दवाव दिएरहेको र राप्रपालाई एकीकरण गर्न दवाव दिएको समाचार आएपनि सरकारको कुनै प्रतिक्रिया नआएको बताइन् ।
–सांसद थापामगरले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्ने विदेशीहरुलाई तत्कालै देश निकाला गर्न पनि सरकारसँग माग गरिन् ।
–बैठकमा सांसद थापाले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरु आसनबाट उठेर बिरोध गरेका थिए ।
–प्रतिपक्षी दलहरुले संसदको कार्यसूचीमा नभएको ‘संविधान संसोधन’ विधेयकको बिरोधमा सदनको काम कारवाही अवरुद्ध पार्दा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल पनि लम्बिएको छ ।
–संसदको अर्को बैठक मंसिर २२ गते १ बजेसम्म स्थगित भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij