शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सदरमुकाम जोड्ने पक्की पुलको निर्माण कार्य अलपत्र

  • प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३



  • मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम जोड्न कालीगण्डकी माथि निर्माण गर्न लागिएको पक्की पुल अलपत्र बनेको छ ।

    निर्माण सुरु भएको चार वर्षसम्म पनि पुलले पूर्णता पाउन सकेको छैन । पुल निर्माण नहुँदा हिउँदको समयमा सदरमुकाम जोमसोम र त्यसभन्दा माथि आठभन्दा बढी गाविसका सर्वसाधारण कालीगण्डकीमा जोखिम मोलेर काठे पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ भने वर्षायाममा सवारी आवागमन ठप्प हुने समस्या छ । सर्वसाधारण कालीगण्डकी माथि वर्षौं पुरानो काठको पुलमार्फत गन्तव्यमा जाने गरेका छन् ।

    भारतीय लगानीमा निर्माण हुने पक्की पुलको दायाँबायाँतर्फको संरचना निर्माण भइसकेको छ । मङ्सिर महिनादेखि काम रोकिएपछि स्थानीयले तत्काल त्यसलाई अघि बढाउन माग गरेका छन् । मङ्सिर अघिसम्म धमाधम काम भइरहेको भए पनि अहिले अलपत्र बनेको नेपाली काँग्रेस मुस्ताङका कार्यवाहक सभापति नोर्बु गुरुङले बताए । “सडक विभाग र ठेकेदार कम्पनी एकअर्कालाई आरोप लगाइरहेका छन् । पुसदेखि काम गर्न सकिँदैन, त्योभन्दा अघि नै सक्नुपर्ने थियो तर काम रोकिएको छ”, उनले भने ।

    बिहान र बेलुकी मुस्ताङमा अत्यधिक चिसो हुने भएकाले प्राविधिक दृष्टिले राम्रो काम नहुने भएकाले हिउँद सिजनसम्म काम नगर्न निर्देशन दिइएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए । “फागुनबाट यो कामलाई फेरि सुचारु गर्नेछौँ । यो अलपत्र बनेको होइन केही समय निर्माण कार्य रोकेको मात्र हौँ”, उनले भने, “यसलाई बजेटको अभाव पनि छैन ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij