शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

न्युजिल्यान्डका प्रधानमन्त्रीले दिए राजिनामा

  • प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३



  • न्युजिल्याण्डका प्रधानमन्त्री जोन किले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिएका छन्। बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए।

    अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गर्नासाथ सम्पूर्ण मुलुक स्तब्ध भएको थियो।

    आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरि चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए। तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्यायो।

    आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पुर्‍याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ।

    प्रधानमन्त्री जोनको दल – नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ।

    सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ । सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख – गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij