आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३



  • गौशााला । पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको लक्ष्मिनियाँ जङ्गलमा सोमबार हरिणसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका—२४ बस्ने ३० वर्षीय रोहितकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

    पूर्वबाट स ४ प २९६७ नम्बरको मोटरसाइकलमा चढी पथलैया जाँदै गरेका युवक महतोलाई लक्ष्मिनियाँ गाविस–५ स्थित जङ्गलमा हरिणले अचानक बाटो काट्दा उनको मोटरसाइकलमा ठोक्किएर उनी राजमार्गमा लडेका थिए ।

    हरिणसँग मोटरसाइकल ठोक्किएर राजमार्गमा लडेका युवक महतोलाई दु्रतगतिमा विपरीत दिशाबाट आएको ना २ ख ८११५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए ।

    घटनापश्चात् ट्रकका चालक र ट्रकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij