प्रकाशित मिति : मङ्लबार, मंसिर २१, २०७३
सिमकोट । असोज महिना देखि यता अहिलेसम्म श्रीनगर गाविसमा खानेपानीको हाहाकार भएको छ । लामो समय देखि पानी नपर्दाै पानीका मुहान समेत सुकेपछि अहिले पानीको समस्या भएकोे स्थानीय वासीन्दा पर बहादुर थापाले बताएका छन ।
खानेपानीको लागी धारमा घण्टौ समयम लाईनमा बस्नु पर्ने र खानेपानीको लागि टाढाको खोलमा जानु पर्ने बाध्य भएको श्रीनगर गाविसकै काली बहदुर थापाले बताए । १० वटा धार मध्ये ४ वटा धारमा मात्र पानी आउने गरेकोले पनि श्रनिगर गाविसका वडानं १ देखि ९ सम्मका घरधुरले खानेपानी घण्टौ समय लगाएर कुर्नुपरेको समेत स्थानीय बासिन्दाले बताएका छन ।
श्रीनगर खानेपानी उपभोक्ता समितिका अध्यक्षको लार्पावाहीकै कारणले र केहि समय यता परेको खडेरीले पानीको मुल सुक्दा खानेपानी समस्य भएको हो । उता बाजुराको कोल्टी सम्म ढुवानी गरेको खानेपानी पाईप समेत उपभोक्ता समितिले समयमै पिराउनु नसक्दा अहिले खानेपानी समस्या भएको हो ।
गाउँमा रहेका मूल सुकेर गए पछि पानीको अभाव हुँदा अन्य मूलबाट पानी ल्याउनको लागि कसैको चासो नदेखाउँदा खानेपानीको समस्याभएको श्रीनगरकै स्थानीय बासिन्दा कर्ण बहादुर रोकायाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij