शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुहबीको फर्म उघोगमा भएको आगलागीमा १० करोड क्षति

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  • इटहरी । सुनसरी मोरङ औघोगिक करिडोर अन्तर्गत सुनसरीको दुहबीस्थित फर्म उघोगमा गए राती भएको आगलागीमा १० करोड भन्दा बढी क्षति भएको छ ।
    दुहबी ४ स्थित कदमगाछीमा रहेको हनुमान्त पोलिट्याक फर्म उघोगका संञ्चालक मनिस अग्रबालले आगलागीमा उघोग पूर्ण रुपमा क्षति भएको र करिब १० करोड बढी क्षति भएको दाबी गरेका छन् ।
    दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलका अनुसार,
    –इलोट्रोनिक्स सामानहरुमा प्रयोग हुने फर्म उघोगमा गए राती ६.१५ देखी शुरु भएको आगलागी बिहान २ बजे पछि मात्र नियन्त्रणमा आयो ।
    –आगलागी नियन्त्रण गर्न दमकलहरुलाई निकै मुस्किल परेको थियो ।
    –उघोग भित्र एलपीजी ग्यासका ठुला ठुला सिलिण्डर आगलागीमा परी बिस्फोट भएका कारण आगलागी नियन्त्रणमा आउन ८ घण्टा समय लाग्यो ।
    –उघोग भित्र रहेको एक पिकअप भेन समेत जलेर नष्ट भएको छ ।
    –करिब एक बिगहा क्षेत्रफलमा संञ्चालित उघोगका सबै संरचना जलेर नष्ट भएको छ ।
    –आगलगी कसरी शुरु भयो भन्ने बिषयमा अझै यकिन हुन सकेको छैन ।
    आगलागीमा परी तिनजनाको थप उपचारको लागी धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लगिएको छ ।
    उघोगका संञ्चालक मनिस अग्रबालले भने
    –फर्म उत्पादन गर्न हाइट्रोजन ग्यास र एलपीजी ग्यास प्रयोग हुने भएकाले कतै ग्यास लिक भएर आगो सल्किएको हुन सक्छ ।
    १० देखी १५ करोड सम्मको क्षति भएको हाम्रो अनुमान छ ।
    आगलगाी नियन्त्रण गर्न शसस्त्र र नेपाल प्रहरीको ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इटहरी, दमक, धरान, बिराटनगर र इनरुवाबाट आएको दमकलले उघोगमा लागेको आगो नियन्त्रणमा ल्याएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij