शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बूढीगण्डकी जलविद्युत् आयोजना घेराउपछि धैर्यता राख्न सांसदहरुको आग्रह

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  • काठमाडौँ ।  मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गरेका छन् ।

    ऊर्जा मन्त्रालयद्वारा तयार गरिएको मुआब्जासम्बन्धी नीतिमा आधारित भई केही दिनअघि मुआब्जा निर्धारण समिति गोरखाले मुआब्जा तय गरिसकेको सो क्षेत्रका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, चीनकाजी श्रेष्ठ, कृष्ण धिताल, गङ्गालाल तुलाधर, कमला पन्त, गुरुप्रसाद बुर्लाकोटी, छमबहादुर गुरुङ, धनबहादुर घले, दिलमान पाख्रिन र परर्शुराम तामाङले धैर्यता राख्न आग्रह गरेका छन् ।

    उनीहरुले आज एक विज्ञप्ति प्रकाशन गरी सो क्षेत्र जनताको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    विज्ञप्तिमा वार्ताद्वारा नै समाधान गर्न सकिने भएको हुँदा संयमतापूर्वक आफ्ना माग सम्बन्धित निकायमा प्रस्तुत गर्दै समस्या समाधान गर्नेतर्फ प्रभावित क्षेत्रका जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij