आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालको तराई भू–भाग खानका लागि भारतले ७० वर्ष देखि षडयन्त्र गर्दैछ : चित्रबहादुर केसी

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  • नेकपा एमाले, माले, नेमकिपा र राष्ट्रिय जनमोर्चालगायत विपक्षी दलहरूको विरोधका कारण व्यवस्थापिका संसदको बैठक बुधवार लगातार चौंथो पटक अवरुद्ध भएको छ ।

    व्यवस्थापिका संसदको बैठकको बुधवार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर राजमोका चित्रबहादुर केसीले सरकारले पाँच नम्बर प्रदेश टुक्र्याउनेगरी प्रस्ताव गरिएको राष्ट्रघाती संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म संसद चल्न नदिने बताए ।

    केसीले नेपालको तराई भूभाग टुक्र्याउन भारतले ७० वर्षदेखि षडयन्त्र गरिरहेको आरोप लगाए । केसी बोलेपछि विपक्षी दलका सांसदहरू उभिएर विरोध गरेका थिए । संसदको बैठक मंसिर २४ गते सम्मका लागि स्थगित भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij