शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पुनःनिर्माणमा सहयोग गर्ने साझेदारको प्रतिबद्धता

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  •  काठमाडौँ  । भूकम्पपछिको पुनःनिर्माणमा विकास साझेदारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले पुनःनिर्माणसम्बन्धी प्राधिकरणले तयार पारेको कार्ययोजना कार्यान्वयनका लागि प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र विकास साझेदारबीच आज बसेको संयुक्त बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो ।

    कार्ययोजना अघि बढाउनका लागि विभिन्न साझेदार संस्थाले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि प्राधिकरणमा स्थापना गरिएको पुनःनिर्माण कोषलाई भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन र प्राधिकरणको निर्देशक समितिले गरेको निर्णयअनुसार बजेट परिचालन गर्नसक्ने गरी कार्यान्वयनमा ल्याउन साझेदारले माग गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

    मङ्सिर ५ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, सार्वजनिक भवन, पुरातात्विक सम्पदा पुनःनिर्माणसहितको कार्ययोजनालाई पारित गरेको थियो ।

    बैठकमा समितिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले हालसम्म गरेको कार्य प्रगति र देखापरेका चुनौतीबारे जानकारी गराए । उनले साझेदारले कार्ययोजना अनुरुप कार्यान्वयन गर्नका लागि सहयोग गर्न तयार रहेको बताए ।

    बैठकले पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाकाअनुसार पुनःनिर्माण कार्य सम्पन्न गर्न आवश्यक पर्ने वित्तीय स्रोतको परिचालनका निम्ति स्पष्ट योजना तयार पार्न पनि सुझाव दिएको छ । साझेदारले सरकार र प्राधिकरणको सहकार्यमा योजना तयार पार्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    बैठकले सूचना व्यवस्थापन, अनुमगन तथा सञ्चार प्रक्रियालाई थप प्रभावकारी बनाउन एकीकृत सूचना तथा सञ्चार प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएको छ ।

    समितिमा साझेदारलाई संलग्न गराउनका निम्ति तीन वटा सरोकार समन्वय समूह तथा चार वटा विषयगत सल्लाहकार उपसमिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij