आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनाव छिट्टैः प्रचण्ड

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • धनगढी। प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्डले’ संविधान संशोधन भएरै छाड्ने भन्दै त्यसपछि आफूले सक्दो चाँडै चुनाव घोषणा गर्ने बताएका छन् आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।‘संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन, संसदबाट पास हुन्छ,’ कैलालीको धनगढीमा बुधबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै उनले भने ।

    प्रचण्डले हिमाल, पहाड र तराईलाई एक ठाउँमा मिलाए देशलाई एकताबद्व गने प्रयास बिथोल्ने काम भइरहेको भन्दै एमालेप्रति आक्रोश व्यक्त गरे । ‘विगतमा एमालेले तयार पारेको प्रस्तावलाई नै सरकारले संसदमा दर्ता गरेको हो ।

    कांग्रेसका तत्कालीन सभापनि कोइरालाले पनि हस्ताक्षर गर्नुभएको छ, एमाले अध्यक्ष ओलीले पनि ७ ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘विरोधको औचित्य हुनुपर्छ । त्यही प्रस्ताव उनले तयार गर्दा राष्ट्रवादी हुने, मैले संसदमा लैजाँदा राष्ट्रघाती हुने ?’ संविधान कार्यान्वयन गरी निर्वाचनमा जानुपर्ने समयमा प्रमुख प्रतिपक्षीले अनावश्यक आन्दोलन गरिरहेको उनको आरोप थियो ।

    त्यसअघि बुधबारै दाङमा राप्ती नदीस्थित सिसहयिा–गाबरडिहा जोड्ने पुल शिलान्यास गर्दै प्र्रचण्डले संशोधन पस्ताव फिर्ता नगर्ने अडान व्यक्त गरे । ‘म प्रधानमन्त्री हुँदासम्म प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन,’ उनले भने, ‘तर आवश्यक परिमार्जन गर्न सकिन्छ । सबै दलहरुसँग छलफल गरी फेरबदल गर्न तयार छु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij