आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दक्षिण एसियाको चौतर्फी विकासका लागि बृहत्तर सहयोग अपरिहार्य : प्रधानमन्त्री

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • काठमाडौँ  ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको ३१औँ वार्षिकोत्सव तथा सार्क बडापत्र दिवसका अवसरमा आज दिएको सन्देशमा उनले दक्षिण एसियालाई विकासमा रुपान्तरण गर्न सबै सदस्य मुलुकले आफ्नो प्रयास दोब्बर पार्नुपर्ने बताए ।

    सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले यस क्षेत्रका जनताको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने सुझाएका हुन् ।

    सार्कका विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिएका छन् ।

    तीन दशक लामो क्षेत्रीय सहयोगको सार्कको यात्रा दक्षिण एसियामा गरिबी निवारण, शान्तिको प्राप्ति, स्थायित्व र समृद्धि भएको चर्चा गर्दै उनले तिनलाई हासिल गर्न सार्कले विभिन्न संयन्त्र र निकाय स्थापना गरेर काम गरिरहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सन्देशमा भनेका छन्
    –सार्क मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न हामीले पुनःप्रतिबद्धता जाहेर गर्नुपर्छ । गरिबी, आतङ्कवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन हाम्रा साझा चुनौती हुन् ।
    –सार्कले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि राजनीतिक प्रतिबद्धता र एकीकृत प्रयास अपरिहार्य भएकोे छ ।

    –सार्क दिवसका अवसरमा यसका आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति नेपालको अटूट प्रतिबद्धता छ, सार्कको संस्थापक सदस्यका नाताले नेपालले काम गरिरहने छ ।

    –शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बान्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij