शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कार्यालय अपाङ्गमैत्री नरहेको गुनासो

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • इनरुवा । सुनसरीका सरकारी तथा गैरसरकारी कार्यालय अपाङ्गमैत्री नरहेको अपाङ्गता भएका व्यक्तिले बताएका छन् ।

    जिविसको कार्यालय प्रमुख बस्ने कार्यकक्षबाहेक कार्यालयका प्रमुख माथिल्लो तलामा बस्ने भएकाले आफूहरुले सहज सेवा पाउन नसकेको अपाङ्ग समन्वय समितिका अध्यक्ष खुवलाल चौधरीले गुनासो गरे ।

    यहाँका जिल्ला शिक्षा अधिकारी, स्वास्थ्य प्रमुख, मालपोत प्रमुख, जिल्ला पशु सेवा कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रण प्रमुख, नापी प्रमुख, प्रजिअ लगायतका विभिन्न कार्यालय प्रमुख र बैंकसमेत माथिलो तल्लामा रहेकाले आफूहरुले सहज सेवा पाउन नसकेको अपाङ्गता भएका शम्भु भट्टराईले गुनासो गरे ।

    जिल्लाका कार्यालय प्रमुख बस्ने कोठा तथा कार्यकक्ष माथिल्लो तल्लामा रहेकाले आफूहरुले सहज सेवा पाउन नसकेको गुनासो गरेका हुन् । कार्यालय प्रमुखको सेवा पाउन समस्या भएको छ, त्यसमा सवारीसाधनमा अपाङ्गता भएका व्यक्तिले पाउने ५० प्रतिशत भाडा छुटसमेत नपाएको अर्का एक रामप्रसाद कार्कीले गुनासो गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij