प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३
नवलपरासी। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गरेका छन् । बिहिबार विहान रामाग्रामा स्तुप पुगेर अवलोकन गर्नुका साथै उनले शान्तिको कामना गर्दै दिप प्रज्वलन समेत गरे । 
सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन आग्रह गरे ।
अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी पुगेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij