प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३
काठमाडौं। विगतमा तराईं,मधेश आन्दोलन हुँदा त्यहाँका जिल्लाका सरकारी कार्यलयमा मधेश सरकार लेखिएको थियो । अहिले पाँच नम्वर प्रदेश टुक्राउने गरी आएको संविधान संशोधन प्रस्तावपछि गुल्मीमा आन्दोलनमा उत्रेका दलहरुले नयाँ नयाँ प्रयोग गरेका छन् ।
आज उनीहरुले गुल्मी जिल्ला प्रशासन कार्यलयमा ५ नम्वर प्रदेशको बोर्ड बनाएर टागेका छन् ।

–गुल्मीमा आज आन्दोलनको नवौँ दिन हो ।
–नवौँ दिन यहाँका राजनैतिक दलका सवै नेताले ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासनको औपचारिक उद्घाटन गरे ।
–प्रमुख जिल्ला अधिकारीलाई प्रमुख अथिति बनाउन खोजेका थिए । तर, उनी आएनन् ।
–कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालको कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निमबहादुर पाण्डेसहित सवै राजनैतिक दलका नेता, नागरिक समाज, नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघले संयुक्त रुपमा ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासन कार्यालयको वोर्ड टासेका थिए ।
–हिजोबाट मात्र गुल्मीमा कार्यभार सम्हाल्न आएका सिडियो कृष्णप्रसाद ढुङ्गाना भने साढे ११ बजे जिल्ला प्रशासन कार्यलय प्रवेश गरे ।
–जिल्ला प्रशासन कार्यलयको काम भने आन्दोलन शुरु भएदेखि नै प्रभावित भएका छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij