शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

  • प्रकाशित मिति : बिहिबार, मंसिर २३, २०७३



  • उखु क्रसिङमा ढिलाइ हुँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन्।
    जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले क्रसिङमा ढिलाइ गरेपछि खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) ठीक समयमा कटान हुन नसक्दा उर्बर जग्गा अघिल्ला पाँच महिनासम्म बाँझो रहने किसानलाई चिन्ता छ।
    खुट्टी उखु काटेर गहुँ र तरकारी बाली पुस तेस्रो साताभित्रै लगाइ सक्नुपर्नेमा उखु क्रसिङ अझै हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् । गत वर्ष नाकाबन्दीका कारण चिनी मिल सञ्चालनमा ढिलाइ हुँदा आठ हजार हेक्टर जग्गा पाँच महिनासम्म बाँझो रहेको उखु उत्पादक सङ्घका जिल्ला अध्यक्ष श्याम शाशङ्करले बताए।
    “यसपालि नयाँ बाली लगाउने आस मर्न थालेको छ,” उनले भने। यस वर्ष करिब चार हजार हेक्टरमा खुट्टी बाली लगाइएको छ । गहुँ र तरकारी लगाउन नपाउँदा जग्गा असारसम्म बाँझो रहने भङ्गाहा गाविस– ४ का लाली महतोले बताए।
    गत वर्ष खुट्टी र मुडन (पहिलो वर्ष उत्पादन लिइने उखुबाली) गरी करिब २६ हजार हेक्टरमा लगाइएको थियो । यस वर्ष खेती घटेर १२ हजार हेक्टरमा झरेको छ । समयमा क्रसिङ नहुँदा, तौल नहुँदा, क्रसिङ पूर्व मूल्य निर्धारण नहुँदा र उखुको मूल्य समयमा नपाउँदा किसानले दिक्क भएर खेती छाड्दै गएका अध्यक्ष शाशङ्कर बताउँछन्।
    गत वर्ष उखु क्रसिङमा ढिलाइ हुँदा करिब १० हजार हेक्टर जग्गामा किसानले असार लागेपछि मात्र बाली लगाउन पाएका थिए । गत वर्ष जेठ नलाग्दै मिल बन्द हुँदा आफ्नो १० कट्ठा क्षेत्रफलको उखुबाली खेतमै डढेलो लगाउनुपरेको भङ्गाहा– ४ का केशवराज शर्माले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij