शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बालविवाह गर्नेलाई विद्यालयबाट बहिष्कार

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • प्युठान ।  नयाँगाउँ गाविसमा रहेको बाल क्लवले समाजमा चुनौतीपूर्ण अवस्थामा रहेको बालविवाह न्यूनीकरणका लागि सक्रिय बन्दै गएको छ । जसले गर्दा बालविवाह गर्नुहुन्न भन्दा भन्दै बालविवाह गर्नेलाई विद्यालयबाट बहिष्कार गर्ने गरिएको छ ।

    नयाँगाउँ गाविसमा पर्ने माण्डवी माविमा रहेको माण्डवी बाल क्लवले आफूहरुले बालविवाह न्यूनीकरण गर्न विभिन्न कदमहरु चालेपनि बालविवाह गर ेका सहपाठीहरुलाई आफ्नो विद्यालयबाट बहिष्कार गर्ने गरेकोे छ । यसमा २०७३ बैशाखदेखि अहिलेसम्म २३ जना विद्यार्थी एक शै क्षिक सत्रका लागि निस्काशन गरिएको माण्डवी बाल क्लवका अध्यक्ष अजय कार्कीले बताउनुभयो ।

    ‘एउटै विद्यालयमा अध्ययन गर्ने तथा एउटै गाउँमा रहेका सम्पूर्ण विद्यार्थी साथीहरु दिदीवहिनी, दाजुभाइ जस्तो भएपनि विद्यालयमै लभ वा भागी विवाह गरेर बालविवाह गर्नु जायज नहुने भएकाले उमे र पुगेपछि फरक ठाउँबाट विवाह गर्नुपर्छ भन्ने विषयमा बाल क्लवले सचेत गराइरहेको भएपनि बालविवाह नरोकिएपछि निस्काशन गर्ने कदम चालेका छौ ’-उहाँले भन्नुभयो – ‘अब सचेत गराउन यहाँका आमा समूह, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी निकायहरु लागेपनि बालविवाह नरोकिएको भन्दै अब सचे तनाबाट प्रभावकारी बन्न सकेको छैन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij