प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले फाइनान्सियल टाइम्स लण्डनको ‘बैंक अफ द इयर’ अन्तर्राष्ट्रिय पुरस्कार पाँचौँ पटक प्राप्त गरेको छ ।
वेलायतको लन्डनमा आयोजना भएको एक बिशेí कार्यक्रमका बीच बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो पुरस्कार ग्रहण गरेका हुन् । 
नेपाल इन्भेष्टमेण्ट बैंक बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक बन्न सफल बनेको छ ।
गत आ.व.मा नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले रू. ४ अर्ब १४ करोडको सञ्चालन मुनाफा कमाएको थियो जुन अघिल्लो आ.व.मा रू. ३ अर्ब ११ करोड थियो । यो समयावधिमा बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड पुगेको छ भने कुल पूँजी रू. १६ अर्ब ३० करोड पुगी निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ ।
गत आ. व. को अन्त्य सम्ममा बैंकको खराब कर्जा प्रतिशत ०.६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले दिएको लक्ष्य अनुरूप चुक्ता पूँजी रू. ८ अर्ब भन्दा माथि पु¥याउने नेपालको पहिलो र एकमात्र बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लि. भएको छ, जसले तोकिएको मितिभन्दा अगावै सो लक्ष्य पूरा गरेको छ ।
हाल बैंकले आफ्नो सञ्चालन कालको ३० वर्ष पूरा गरी अर्को कोशेढुङ्गा पार गर्दै उत्कृष्ठ सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ
। नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४८ वटा शाखाहरू र विभिन्न शाखारहित सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ । बैंकका ८३ वटा ए.टि.एम.हरू देशभरि नै रहेका छन् र हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् ।
बैंकले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij