शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जङ्गली जनावरले खाएको शव फेला

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • बैतडी । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ ।

    मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।

    “शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ”, उनले भने, “हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ ।”

    स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ । चितुवा मार्न परिचालन गरेको टोली पनि मङ्सिर पहिलो साता फर्किसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij