शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भोजपुर विमानस्थल फागुन २५ गतेसम्मका लागि बन्द

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • भोजपुर ।  भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मङ्सिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए ।

    कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ । विसं २०३६ यता सञ्चालनमा आएको एक मात्र विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो तर भूकम्प, नाकाबन्दी र बर्सातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दासमेत काम सम्पन्न हुन सकेको थिएन ।

    पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो । कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij