प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री जोशीले संविधान संशोधन गरी मुलुकलाई विकासको बाटोमा लैजान नेपाली काँग्रेस गम्भीर रहेको स्पष्ट पारे ।नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवम् सांसद रञ्जीत कर्णले सबै दलको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले भने– “संविधान संशोधनले तराई पहाड टुक्रिन खोजेको जस्तो देखिएको छ यसलाई चिर्न दलहरुबीच सहमति आवश्यक छ ।”नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले फागुनभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भभएकाले त्यसका लागि नेवि सङ्घ इमान्दार भएर लाग्न आग्रह गरे।सङ्घ पब्लिक युथ क्याम्पसका सभापति सुशील तिमल्सेना, नेवि सङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमाललगायतले संविधान कार्यान्वयनका लागि विद्यार्थीहरुले दबाब दिनुपर्नेमा जोड दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij