प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
काठमाडौँ । विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि सञ्चालन हुन सकेन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहो¥याएपछि सभामुख ओनसरी घर्तीले यही मङ्सिर ३० गतेसम्मका लागि सदनको कारबाही स्थगन भएको घोषणा गरिन् ।
सभामुखले आगामी २०७४ माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन गरिसक्नुपर्ने र विभिन्न ऐन कानुन बनाउनुपर्ने भएकाले सदनको कारबाहीमा अवरोध सिर्जना नगर्न अनुरोध गर्नुभयो तर विपक्षी सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गर्दै आफ्नो आशनबाट उठेर विरोध गरेपछि सभामुखले मङ्सिर ३० गते बिहान ११ बजे अर्को बैठक बस्ने घोषणा गरिन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij