प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको गतिविधिका कारण संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा असन्तुष्टि बढेको छ ।
मधेशी मोर्चाले लिएका निर्णय र बनाएका धारणा भन्दा फरक अभिव्यक्ति दिएका कारण मोर्चामा रहेका अन्य नेताहरु असन्तुष्ट देखिएका छन् । शनिवार बस्ने मधेशी मोर्चाको बैठकमा यस विषयमा छलफल हुने भएको छ ।
उपेन्द्र यादवका फरक सोच
१.मधेशी मोर्चाले सविधान संशोधनको माग राख्दा उनले पुनःलेखनका कुरा उठाउँदै थिए ।
२.मधेशी मोर्चाले सविधान संशोधन प्रस्तावको परिमार्जनको कुरा उठाउँदा उनले खारेजको कुरा उठाउँदैछन् ।
३.सविधान संशोधनको विषयमा मधेशी मोर्चाभित्र एकमत बन्न नदिएर नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग मिलेर विज्ञप्ति निकाले ।
४.संघीय गठबन्धनमा एकलौटी बर्चस्व छ उनको ।
५.मधेशी मोर्चाको संयोजक चयन गर्न दिएनन् ।
६.मधेशी मोर्चामा अन्य दललाई आउन दिएनन् ।
७.एक्कासि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्वको कुरा उठाए ।
८.कुनै घटनाको बारेमा मोर्चासँग समन्वय नगरि पार्टीको तर्फबाट छुट्टै विज्ञप्ति जारी गरे ।
९.मधेशी मोर्चामा हुँदा हुँदै सविधानसभामा छुट्टै फरकमत प्रस्तुत गरे ।
१०.मोर्चाको अधिकास बैठकमा अनुपस्थित भएनन् ।
सद्भावनाको निश्कर्ष
–विहिवार बसेको आकस्मिक बैठकले उपेन्द्र यादवको क्रियाकलापका कारण मोर्चा कमजोर हुँदै गएको निष्कर्ष निकाल्यो । अव मोर्चाको बैठकमा उपेन्द्र यादवको बारेमा कुरा उठाउने निर्णय लियो ।
किन यसो गरिरहेका छन् यादव ?
–मधेशी मोर्चा भन्दा फरक धारमा जानुको मुख्य कारण आदिवासी जनजातिको राजनीति हो ।
–उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल र अशोक राइको संघीय समाजवादी पार्टीबीच एकता भएपछि सो पार्टीमा आदिवासी जनजातिको बर्चस्व बढेको छ ।
–मधेशी मोर्चाले मधेश सम्बन्धि कुनै निर्णय गर्दा फोरम नेपाल पार्टीभित्र फरकमत आउने गरेको सो पार्टीका एक नेताले बताए ।
–संघीयताको सिमांकन, नागरिकता, भाषालगायतको विषयमा फोरम नेपालमा मधेशी मोर्चाको जस्तो स्पष्ट धारणा छैन ।
–बैठकहरुमा पनि पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले फरकमत राख्दै आइरहेका हुन्छन् ।
त्यस आलावा उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धन पनि आदिवासी जनजातिकै बर्चस्व रहेकाले पनि उनले मोर्चा भन्दा फरकमत राख्दै आएका हुन् ।
उपेन्द्र किन जाँदैनन् दूतावास ?
नेपालस्थित भारतीय दूतावासले मधेशी मोर्चाका नेताहरु बेलाबेलामा बोलाई रहन्छन् । तर, उपेन्द्र यादव त्यहाँ उपस्थित हुँदैनन् ।
–सूत्रका अनुसार, ‘दूतावासले राजनीतिक निर्णयका लागि अनावश्यक दवाव दिइरहेको हुन्छ, त्यही दवाव छल्नका लागि उनी दूतावास जाँदैनन् ।’
सविधान संशोधनका लागि छलफल गर्न केही दिनपहिले दूतावासले मधेशी मोर्चाका नेताहरुलाई बोलाएका थियो । त्यसमा पनि उपेन्द्र यादव गएनन् । उनी आफू काठमाडौ बाहिर रहेको बाहाना गरेका थिए ।
के भन्छन् नेता ?
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्,
–हाम्रो पार्टी मधेशी मोर्चाबाहेक अन्य गठबन्धन र मोर्चाहरुमा भएका कारणले मधेशी मोर्चाभन्दा अलि फरक धारणा आउनु स्वभाविक हो ।
–एउटा सिगैं पार्टी भएका हुनाले मोर्चाका सबै दलसँग कुरा मिल्नु पर्छ भने छैन । तर, साझा धारणा हुनुपर्छ ।
–संशोधन प्रस्ताव खारेजको कुरा गरेका होइनाँै, यदि सविधान संशोधन भएन कार्यान्वयन भएन भने सविधान नै खारेज हुनुपर्छ भनेका हौँ ।
–कार्यकारी राष्ट्रपति यो संशोधनका लागि भनेका होइनाँै, त्यो पछिको एजेण्डा हो ।
–हामी बाबुरामको पार्टीसँग सहकार्य गरिरहेका छौँ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनल भन्छन्,
–एउटा मोर्चामा बसेपछि त्यहाँ बनेको साझा धारणा सबैले स्वीकार गर्नुपर्छ ।
–तर, पार्टीको आफ्नो अलग्गै विचार र सिद्धान्त भएका कारणले आफ्नो विचार पनि राख्न पाइन्छ ।
–मधेशी मोर्चाले आफ्नो खास विचार बनाउँछ, खास एजेण्डा हुन्छ त्यसलाई सबैले मान्नुपर्छ ।
–उहाँले पनि हस्ताक्षर गर्नुभएको छ । यदि उहाँ खारेज माग गर्नुभएको छ त्यो गलत हो ।
–कार्यकारी राष्ट्रपतिको पक्षमा पनि मोर्चा छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij