शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सरकारले दुतावास र भारतका लागि संविधान संसोधन गरेको होः रावल

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २४, २०७३



  • बझाङ । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गरेको आरोप लगाएका छन ।

    नेकपा एमाले बझाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ आइ पुगेका रावलले पत्रकारहरु संग कुरा गर्दै यस्तो आरोप लगाएका हुन । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले भने सरकारले नेपाली जनताको चाहाना र राष्ट्रिय हित विपरित अमुक शक्तीको षडयन्त्र पुरा गर्ने काम गरिरहेको छ’ ।

    संविधान संसोधन प्रस्तावले मधेशी जनताको अधिकार कुण्ठित गरेर विदेशीहरुको स्वार्थ पुर्ति गर्ने उनको तर्क थियो । ‘विभिन्न ढंगले विदेशीहरुलाई फाइदा पुग्ने र रैथाने मदेशीहरुमा विदेशीको शाशन लादनका लागी षडयन्त्र भएको छ । यो संसोधन प्रस्तावले मदेशीलाई आफ्नै घर भित्र अरुवाट शाशित गराउने उद्देश्यका साथ आएको छ ।’

    उनले सरकारले निर्वाचनको कुरा गरे पनि संसोधन प्रस्तावको लफडा अगाडी सारेर निर्वाचन गर्न नचाहेको बताए । उनले भने ‘नेपाली जनताले विभिन्न हण्डर खाएर र त्याग गरेर ल्याएको संविधान कार्यान्वयन गर्नु छोडेर सरकार विभिन्न बहानामा यसलाई असफल बनाउने प्रयासमा लागेको छ । यसलाई एमालेले सफल हुन दिने छैन ।’

    सुरुदेखी नै सरकार प्रति कडा रुपमा प्रस्तुत भएका उनले यो सरकारले देशको अस्तित्व नै खतरामा पार्न आटेकोले यसलाई असफल गर्न एमालेले संसद अवरुद्ध गरिरहेको बताए । उनले भने ‘जनताले विरोध गरेको र विदेशीले स्वागत गरेको संसोधन प्रस्ताव हामी पास हुन दिन्नौ । यसका लागी जस्तो सुकै मुल्य चुकाउन तयार छौं ।’

    अर्काे छ्ट्टै प्रसंगमा कुरा गर्दै उपाध्यक्ष रावलले छिमेकी चिन संग जोडिएको चैनपुर ताक्लाकोट सडक बनाउने जिम्मा सेनालाई दिने प्रक्रिया आफु रक्षा मन्त्री हुदा थालेको बताए । यो सरकारले यसकामलाई अगाडी नबढाउदा भनेको समयमा काम हुन नसकेको बताउदै उक्त सडकको जिम्मा सेनालाई दिनका लागी आफुले पहल गरिरहेको बताएका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij