शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

उपत्यकाका प्रमुख नदी सफाइ, २२ मेट्रिक टन फोहर व्यवस्थापन

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

    वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुलाई दुई समूहमा विभाजन गरी एक समूहले नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूहले जनचेतनामूलक कार्यक्रम गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पुरुषोत्तम कँडेलले बताए ।

    बागमती सरसफाइ अभियानमा शनिबार टेकु दोभानमा सहभागी हुँदै सिजन मिडियामा मिस इकलेजका प्रतियोगीहरु । तस्बिर : रासस

    सानेपा क्षेत्रका घरदैलामा गई ‘नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ’ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले जानकारी दिए ।

    सफाइ महाअभियानलाई ललितपुर उपमहानगरपालिकाले सय थान डोको तथा स्पर्श नेपालले पाँच थान साधारण र दुई सय थान मोटो पन्जा हस्तान्तरण गरेका छन् ।

    सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वसचिवद्वय किशोर थापा र केशव भट्टराई लगायतले नेतृत्व गरेका थिए । अधिकारसम्पन्न वाग्मती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपमहानगरपालिका लगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । नदीमा फोहर फाल्नेबाट उपमहानगरपालिकाले हालसम्म रु १२ लाख जरिवानास्वरुप उठाएको जनाइएको छ ।

    यसैगरी रुद्रमती सफाइको १४६ औँ हप्तामा आज ज्ञानेश्वरस्थित आकाश भैरव मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिए ।

    सो अवसरमा मन्दिर परिसरबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, कामपाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

    विष्णुमती सफाइको १२० औँ हप्तामा भने आज परोपकार पुलमुनि वारिपारि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij