शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बारामा जन्तीबस कारसँग ठोक्कियो, ४ को मृत्यु

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • बारा । बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    जन्ती बोकेर वीरगन्जबाट हेटौडातर्फ गइरहेको ना ६ क ७६५४ नं. को बस र हेटाँैडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं.को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा आज बिहान ७ बजेर ३० मिनेट जाँदा एकआपसमा ठोक्किन पुग्दा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा कारका चालक खोटाङ मगलटार गाविस– ४ का २३ बर्षिय दीपक थापा आलेमगर, सोहि ठाउँका महेन्द्र आले, सुनसरी इटहरी झुम्का रामधनी नपा– ८ का २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस आले रहेका छन् । ती मध्ये चालक दीपक थापा आलेमगरको घटनास्थलमै र बाँकी तिनै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

    त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरु इटहरी– ४ का २६ वर्षिय कमलबहादुर आले, उनका श्रीमति २८ वर्षीया एशोदा थापा र १६ महिनाकी छोरी आशना आलेलगायत सात जनाको बीरगन्ज र हेटौडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij