प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३
लहान । सिरहाको लहानमा शनिवार एक दिवसीय परिवार नियोजन स्मार्ट जीवन मेलाको आयोजना सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको आयोजना तथा दातृसंस्था युएसए आईडीको सहयोगमा लहानस्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा मेलाको आयोजना गरेको हो । 
मेलाको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए ।
तराइमधेसका तम्पतीहरु अन्धविश्वास र लोकलाजका कारण अझै पनि परिवार नियोजनका विशषमा खुलेर कुरागर्न नसक्ने भएकाले उनीहरुको सुखि जीवनको लागि परिवार नियोजनको महत्ववारे जनचेना फैलाउने उद्देश्यले मेलाको अयोजना गरेको आयोजकले बताएको छ ।
एकदिने मेलाको करिव जिल्लाका पा“जारभन्दा बढी दम्पतीले अवलोकन गरेका थिए । जनस्वास्थ्य कार्यालय प्रमुख डा. दयाशंकर लालकर्णले सिरहामा दरवन्दिको ८० प्रतिशत कर्मचारीमात्र रहेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij