प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३
काठमाडौँ । धनमती पुन र राजु विक (रोल्पा), कुमार तामाङ र विमल मगर (काभ्रे) तथा विमल माझी (रामेछाप) लाई झुटो मुद्दा लगाएर गिरफ्तार गरिएको जनाउँदे पीडित आफन्तद्वारा रिहाइको माग गरिएको छ ।
विसं २०७३ भदौ १२ गते गोरू काटेको भनी झुटो मुद्दा लगाएर फसाएको गुनासो गरी आफन्तजन÷परिवारले जति सक्दो चाँडो रिहाइ को माग गरेका हुन् । अभियुक्तलाई गिरफ्तार गरी पुर्पक्षका लागि केन्द्रीय कारागार काठमाडौँमा राखिएको छ ।
आदिवासी जनजाति सरोकार सङ्घद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा अभियुक्त तामाङका मामा विकास तामाङले प्रहरीले कुनै प्रमाणबिना आफ्ना भान्जालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरे ।
अधिकारकर्मी आङ्काजी शेर्पा र माइला लामाले घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी दुःख दिएर राज्यले पीडितमाथि अन्याय गरेको भन्दै तत्काल छाडिदिन आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij