प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३
काभ्रे । काभ्रेको सागास्थित भैँसेपाटी भन्ने स्थानमा तीब्र गतिको ट्रिपरले आइतबार बिहान यात्रुबाहक टाटा सुमोसँग ठोक्किँदा ट्रिपरमा सवार २ जनाको मृत्यु भएको छ ।
पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ज २१९१ नम्बरको टाटा सुमोलाई विपरित दिशाको बा४ख ३५५६ नम्बरको ट्रिपरले ठक्कर दिँदा टाटा सुमोमा सवार मोरङ बधुमाला ७ का मदन श्रेष्ठ र झापा दालाबारी नपा ६ का मिलन कार्कीको मृत्यु भएको काभ्रेका एसपी सहकुल थापाले बताए ।
उनका अनुसार दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
उनीहरुको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij