आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाँ पन्जा धोएर सुत्केरी गराइन्छ बाजुरा,

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३



  • बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन्। तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ। पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

    जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो। आइतबार पखालाको उपचारका लागि आएका कोटिला स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले विनाउपचार फर्काइदिए। कोल्टी पुगेर १ सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो। कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन। बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन। शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन। ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरे, स्टे«चर छैन भन्छन्। सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे। कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमान्को सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन्। तर, चौकीमा औषधि नै भेटिएन। बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो। उनको टाउको दुख्न केही कम भएको छ अहिले।

    जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ। तर, उनले बजारबाटै किन्नुपरेको छ। उनी एक उदाहरण मात्र हुन्। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन। ‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स (पन्जा) नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०/१२ औषधि मात्र छन्, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन्।’ नेपाल सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ। तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन्।

    जिल्लाका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनुपर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो। स्वास्थ्य संस्थामा औषधिको अभावका कारण स्थानीयवासीले सामान्य औषधिसमेत औषधि पसलमा खरिद गर्नुपर्ने बाध्यता छ। सरकारले तोकेको निःशुल्क औषधि अधिकांश समय स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन। जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले संस्थामा औषधि नभएपछि निजी मेडिकलमा उपचारका लागि सिफारिस गर्दै आएका छन्। बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको ६ महिना बितिसक्दा पनि सरकारी निकायले चासो दिएको छैन।

    बाजुरामा मात्र होइन, बझाङ जिल्लाको सिमाना जोडिएको डोगडी गाविसमा रहेको स्वास्थ्य चौकीमा परिवार नियोजनका साधनबाहेक अरू कुनै औषधि छैन। ‘यहाँ सुत्केरी गराउने ग्लोभ्ससमेत छैन, पुराना फालेका ग्लोभ्स धोएर सुत्केरी गराउनुपर्ने बाध्यता छ। अन्य कुनै औषधि छैन। जिल्लामा माग्या भए पो दिनु भन्छन्,’ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतले भने। उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले गत चैतदेखि गाउँमा औषधि पठाएको छैन। ‘हामीले बिरामी जाँचेर मात्र के गर्ने ? औषधि हुँदैन, लाजमर्दो कुरो, हामीसँग दुई वर्ष मुनिका बालबालिकालाई झाडापखाला लाग्दा प्रयोग हुँने जिंक चक्कीसमेत छैन,’ रावत भन्छन्। वाई स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र बुढाका अनुसार जनस्वास्थ्य कार्यालयले वर्षमा एकपटक औषधि गाउँमा वितरण गर्दै आए पनि यस वर्ष त्योसमेत प्राप्त हुन सकेको छैन। सो गाविसमा फेज नेपाल नामक संस्थाले सहयोग गरेका कारण औषधिमा भने समस्या छैन। तर, अन्य गाविसमा भने औषधि अभाव विकराल बन्दै गएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij