शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यी हुन् तपाईंको मोबाइल बिग्रने आठ कारण

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३



  • मोबाइल खरिद गर्दा आजभोलि धेरैभन्दा धेरै फिचर प्रयोग गर्न सकिने होस् भन्ने सबैको चाहना हुन्छ । मूल्य केही महँगो भए पनि आफूलाई आवश्यक सम्पूर्ण फिचर मोबाइलमा नै होस् भन्ने ग्राहकको चाहना हुन्छ । महँगो मूल्यमा खरिद गरिएको मोबाइल लामै समयसम्म बोक्ने इच्छा राख्नु पनि स्वाभाविक नै हो । तर, कतिपय अवस्थामा केयर गर्दागर्दै पनि मोबाइल खस्ने तथा टुट्नेफुट्नेजस्ता समस्या भइरहेको हुन्छ । यस्तै कारणले मोबाइल चलाउने इच्छा पूरा नहुँदै प्रयोग नै गर्न नमिल्ने गरी मोबाइलसेट बिग्रन सक्छ । सामान्य लापरबाहीका कारण महँगो मूल्य हालेर खरिद गरिएको मोबाइल माया मार्नुपर्ने हुन सक्छ ।

    १. मोबाइलको सुरक्षाका लागि घरमा बस्दा  मोबाइल तपाईंले कहाँ राख्नुभएको छ, त्यसमा विशेष विचार पुर्‍याउनुपर्छ । कतै तपाईंले प्रयोग गर्ने मोबाइल बच्चाले भेट्ने स्थान, टेबुलको छेउ वा तुरुन्तै झर्न सक्ने स्थानमा राखिएको त छैन ?

    २. कतिपयको बानी हुन्छ रेस्टरुममा पनि मोबाइल चलाउने । यस्तो अवस्थामा मोबाइलमा पानी पस्ने वा झर्ने सम्भावना बढी हुन्छ ।

    ३. महँगो मूल्य तिरेर खरिद गरिएको मोबाइल फोनलाई पनि अन्य इलेक्ट्रिोनिक्स उपकरणजस्तै सुरक्षामा ध्यान दिनुपर्छ । मोबाइल खरिद गर्दा महँगो मूल्य तिरे पनि सुरक्षित राख्ने कभर निकै सस्तो मूल्यमा पाइन्छ । निकै सस्तो रकमले सुरक्षित गर्न सकिने भए पनि धेरैले मोबाइलमा कभर राख्न बेवास्ता गर्छन् । मोबाइलसेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहालेमा पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

    ४. मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास हाल्नु राम्रो हुन्छ । यसले मोबाइलको स्क्रिनलाई स्क्र्याच हुनबाट जोगाउँछ । त्यस्तै, कतै मोबाइल खसिहालेमा पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।  स्क्रिन नै परिवर्तन गर्दा ठूलो रकम लाग्छ भने टेम्पर्ड ग्लास तुलनात्मक रूपमा धेरै सस्तो पर्छ ।

    ५. मोबाइल सबैभन्दा बढी बिग्रने कारण भनेको नै खसेर हो । त्यसैले मोबाइल खस्नबाट जोगाउन सकेसम्म बलियो गरी समात्नुपर्छ । हातमा सजिलै अड्कने खालको र नचिप्लने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्याबाट बँच्नका लागि डोरी अड्काउन मिल्ने चेनडोरी वा औँला अड्काउन मिल्नेसहितका कभर पनि बजारमा पाइन्छन् ।

    ६. मोबाइल बिग्रने अर्को मुख्य कारण भनेको पानी र चिसो हो । त्यसैले पसिना, पानी वा अन्य तरल पदार्थले भिजेको हातले पनि मोबाइल समाउनु हुँदैन । खाना खाँदा, पानी पिउँदा, स्विमिङ गर्दा मोबाइल सकेसम्म नचलानु राम्रो हुन्छ ।

    ७. मोबाइललाई धेरै तातो हुने स्थानबाट पनि जोगाउनुपर्छ । त्यसैले स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

    ८. मोबाइल सफा गर्दा पनि स्प्रे, पानीको प्रयोग गर्नु हुँदैन । सकेसम्म सफा कटनको कपडामा अल्कोहल थोरै प्रयोग गरेर पुछ्ने गर्दा राम्रो हुन्छ । यसले पनि मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भागमा भिजेको कपडाले सफा गर्नु हुँदैन ।

    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij