प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा आफ्नो पार्टीको भूमिका फराकिला बनाउने हो भने उपप्रधानमन्त्री सहित थप तीन मन्त्रालय दिनुपर्ने माग गरेका छन् ।
थापाले आफूलाई उपप्रधानसहित परराष्ट्रमन्त्रालय दिन आग्रह गरेका छन् । त्यस्तै राप्रपाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पनि माँगेको छ । स्रोतका अनुसार राप्रपाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी प्रमुख सचेतक दिलनाथ गिरीलाई दिने तयारी गरेको छ ।
राप्रपा नेपाल र राप्रपावीच एकता भए यता संसदमा अहिले राप्रपाको सख्या ३७ पुगेको छ । प्रधानमन्त्री दाहालले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई पारित गर्नको लागि पनि राप्रपाको महत्वपूर्ण भूमिका हुने भएकाले राप्रपाले भनेबमोजिम नै मन्त्रालयहरु दिने तयारी थालेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij