प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
पथरी (मोरङ) । सिँचाइमन्त्री दीपक गिरीले देशभरका किसानको सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ कार्यक्रम ल्याउने बताएकाछन् । प्रेस युनियनले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री गिरीले केही हप्तामै सिँचाइका विशेषज्ञको सम्मिलित टोली गठन गरेर सिँचाइसम्बन्धी नयाँ कार्यक्रम कस्तो ल्याउने भन्ने तय गर्ने बताए ।
उनले देशका विभिन्न सिँचाइका असुविधा भएका ठाउँमा सिँचाइका कार्यक्रम पु¥याउने सरकारको लक्ष्य भएको बताए । मोरङका केही नहर र खोलालाई व्यवस्थित गर्न कार्यक्रमसमेत ल्याइने उनको भनाइ छ ।
मन्त्री गिरीले सिँचाइको अधीनमा रहेको जमिन विभिन्न साधुसन्तको नाममा उपयोग भइरहेको बताउँदै त्यस विषयमा मन्त्रिपरिषदमा कुरा उठाउने बताए । उनले संविधान कार्यान्वयन गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।
‘कसैले पनि मेरो गोरुको बाह्रै टक्का’ गरे राजनीतिक निकास ननिस्किने उनको भनाइ थियो ।पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij