प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
हुन त म युवराजको विवाहमा सामेल भइनँ तर मेरो माया र आशिर्वाद सधैं उनीहरुको साथमा हुनेछ । विवाहमा संलग्न नभएकोमा यो नसोच्नुहोस् कि हाम्रो सम्बन्धमा दरार आएको छ । युवराज मेरो छोरा हो र हेजल मेरी बेुहारी । दुबैले मलाई मनदेखि नै सम्मान गर्छन् । मैले विवाहमा समावेश नहुने निर्णय गरें यो मेरो व्यक्तिगत निर्णय हो । दुबैको विवाह एक अर्काको राजीखुसीमा भएको हो, मेरो लागि यो नै पर्याप्त छ ।
युवराज र हेजलको विवाह बारे यस्तो बयान दिए योगराज सिंहले । उनी शनिबार मुम्बईमा थिए ।
योगराजले आफूले एक बाबासँग छोराको विवाहमा संलग्न नहुनका लागि हिम्मत बटुल्न सकूँ भनी प्रार्थना गरेको बताए । उनले भने, ‘मैले बाबा दीप सिंहजीसँग प्रार्थना गरेको थिएँ कि मेरो कदम भावनामा बगेर युवीको विवाहसम्म नपुगोस् ।’
बाबाको आशिर्वादले सबै ठिक भयो । जुन युवराजलाई मैले आफ्नो हातले खाना खुवाएँ, काखमा खेलाएँ र १६ वर्षसम्म क्रिकेट खेल्न सिकाएँ । उनले कहिले पनि मलाई एउटा कुर्ता पाइजामा दिएको छैन । घरमा उसले चारवटा गाडी लाइन लगाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij