शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

घरबाट स्कुल हिँडेका बालक १० दिनदेखि बेपत्ता

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३



  • विद्यालय जान घरबाट निस्किएका धुषा–१ आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् ।

    बेनिघाटस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा  कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी गत मंसिर १७ गतेदेखि वेपत्ता भएका हुन् । सन्तोषका बुबा शंकर गिरीले भने, ‘बिहान स्कुल जान ड्रेस लगाएर घरबाट निस्किएको स्कुल पुगेकै रहेनछ, आफन्त र साथीहरु भएको सबै ठाउँमा खोजियो कतै पनि भेटिएन ।’

    सन्तोषका बुबाका अनुसार सन्तोषले उनका एकजना साथीलाई ‘मेरो किताब तिमी पढ, पछि भेटौंला’ भनेर निस्किएका थिए । यसअघि घर छोडेर कतै नगएका सन्तोषको खोजी सबैठाउँमा गर्दा नभेटिएपछि परिवार चिन्तामा परेका छन् । बालुवा खानी र त्रिसुली नदिमा समेत सन्तोषको खोजी गर्दा नभेटिएको सन्तोषका दिदी सीता गिरीले बताइन् । सन्तोषले रातो सर्ट र कालो पाइन्ट लगाएका छन् ।

    पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा फोटो छोडेर सन्तोषको खोजी भइरहेको आफन्तहरुले बताएका छन् । सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तहरुले विभिन्न निकायहरुमा हारगुहार गरिरहेका छन् । देख्ने वा भेट्नेले सन्तोषको बुबा शंकर गिरीको मोबाइल नम्बर ९८१८७९०५४१ मा खबर गरिदिन आग्रह पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij